१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कालीगण्डकीमा एम्बुलेन्स खस्यो, चालक बेपत्ता

घनश्याम खड्का

म्याग्दी — मुस्ताङबाट बेनी आउँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । 

बेनी–जोमसोम सडकको गलेश्वर–वेगखोला खण्डको वैसरी नजिक एम्बुलेन्स दुर्घटनामा परी मुस्ताङको थासाङ गाउँपालिका ४ झुप्राका २१ वर्षीय चालक सुजन विक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कालीगण्डकीमा एम्बुलेन्स खस्यो, चालक बेपत्ता

प्रहरीका अनुसार थासाङ गाउँपालिका २ लेतेस्थित स्वास्थ्य चौकीको ध १ झ ३११ नम्बर प्लेटको एम्बुलेन्स बेनी अँस्पतालबाट डिस्चार्ज भएका बिरामी लिन जाने क्रममा रघुगंगा गाउँपालिका २ वैसरी सडकबाट करिब ३० मिटर तल कालीगण्डकीमा खसेको हो ।

घटनास्थल रहेका प्रहरी निरीक्षक ध्रुव शर्माका अनुसार दुर्घटनाग्रस्त एम्बुलेन्सको अधिकांश भाग नदीमा डुबेको छ । उनले बेपत्ताको खोजी भइरहेको बताए ।



प्रकाशित : जेष्ठ ४, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?