कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गोरखामा चितुवा मृत भेटियो

हरिराम उप्रेती

गोरखा — गोरखाको पालुङटार नगरपालिका–९ घडेरी खोलामा मृत अवस्थामा चितुवा भेटिएको छ । वयस्क पोथी चितुवा आइतबार बस्तीभित्र मृत भेटिएको डिभिजन वन कार्यालयका प्रमुख तोयानाथ पौडेलले बताए । 

गोरखामा चितुवा मृत भेटियो

‘बिहानसम्म चितुवाको चलिरहेको र श्वास रहेको जानकारी आएको थियो, उद्घार गर्न हाम्रो टोली पुग्दा मृत भेटियो,’ उनले भने, ‘बस्ती बीचमा रहेको एउटा घर भित्र चितुवा फेला परेको हो, घटनास्थलमा दिसा र बान्ता छ, चोटपटक छैन, के कारणले चितुवा मर्‍यो यसै भन्न सकिएन ।’ विष खुवाएर चितुवा मारेको आशंका वन कार्यालयले गरेको छ ।

अवस्था शंस्कास्पद देखेपछि अनुसन्धान थालेको कार्यालले जनाएको छ । मृत्युको कारण पत्ता लगाउन पोस्टमर्टमका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवन लैजाने तयारी भएको पौडलले बताए । ‘मृत्यु शंस्कास्पद देखिन्छ,’ उनले भने, ‘पोस्टमर्टमपछि के कारणले चितुवा मर्‍यो पत्ता लाग्छ ।’

तीन दिनअघि पालुङटार नगरपालिका–२ जामुनेस्थित ढकालटारी सामुदायिक वन छेउमा मृत चितुवा फेला परेको थियो । उक्त चितुवा भने कालगतिले मरेको पाइएको वन कार्यालले जनाएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?