कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मृग मारेको आरोपमा ७ पक्राउ

हरिराम उप्रेती

गोरखा — रतुवा मृग सिकार गरेको आरोपमा गोरखामा सात जना पक्राउ परेका छन् । गण्डकी गाउँपालिका–८ सिउरेटारका खुमबहादुर माझी, मधु भुजेल, दुर्गाबहादुर भुजेल, शिव रेग्मी, पूर्णबहादुर माझी, डीबी सापकोटा र रोल्पा घर भइ सिउरेटार बस्ने इन्द्रजित ओलीलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका प्रमुख तोयानाथ पौडेलले बताए ।

मृग मारेको आरोपमा ७ पक्राउ

सिकार गरेको मृगको मासु भागबण्डा गरिरहेको अवस्थामा गत आइतबार स्थानीय खुमबहादुर माझीलाई प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको थियो ।

अन्य ६ जनाको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको पौडेलले बताए । पक्राउ परेकाहरुलाई वन ऐनअनुसार वन्यजस्तु सिकार गरेको अभियोगमा मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको पौडेलले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७७ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?