१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गोरखाको मुख्य नाका मझुवामा सेना खटाइयो

हरिराम उप्रेती

गोरखा — गोरखा प्रवेशको मुख्य नाका मझुवामा नेपाली सेना खटाइएको छ । जिल्ला सुरक्षा समितिको  निर्णय अनुसार बिहीबारबाट नेपाली सेना मझुवा नाकामा खटिएको हो । यसअघि उक्त नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो । अन्य जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि गोरखामा जेठ १ गतेदेखि ५ गते जिल्ला भित्रन कडाइ गरिएको छ । 

गोरखाको मुख्य नाका मझुवामा सेना खटाइयो

लकडाउनलाई थप प्रभावकारी बनाउन तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रहरी प्रमुख एसपी ओम अधिकारीेले बताए । मझुवासहित गोरखा भित्रनै सबै नाकामा चौबिसै घण्टा सुरक्षा निगरानी बढाइएको उनले बताए । सुरक्षा समितिको निर्णय अनुसार धादिङबाट गोरखा प्रवेश गर्ने आरुघाट नाका र तनहुँबाट गोरखा प्रवेश गर्ने तुरतुरे नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । घ्याल्चोकको सिउरेनटार र च्याङलीको नयाँपुल नाकामा भने नेपाल प्रहरीलाई मात्र खटाइएको एसपी अधिकारीले बताए ।

नाका भएर आवागमन र ढुवानी पूर्ण रुपमा बन्द गरिएको छ । ५ गतेसम्म खाद्यान्न र निर्माण सामाग्री ढुवानीमा पनि रोक लगाइएको छ । रिफर गरिएका बिरामी बोक्ने एम्बुलेन्स, तत्काल उपचार आवश्यक परेका बिरामी बोक्ने सवारी साधान, वडा अध्यक्ष वा सोभन्दा माथिका जनप्रतिनिधिका सवारी साधन बाहेक अन्यलाई जिल्ला बाहिर जान पनि रोक लगाइएको छ ।

बिहीबार मात्र खाद्यान्न बोकेर आएको चारवटा सवारीलाई मझुवा नाकाबाट फिर्ता पठाइएको उनले बताए । अनावश्यक रुपमा हिडँडुल नगर्न पनि प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ । बिहीबार अनावश्यक रुपमा हिँडडुल गर्नेलाई सम्झाइबुझाइ गरेर छाडेको अधिकारीले बताए ।

लकडाउन कडाइ गरिएसँगै गोरखा सदरमुकाम सुनसान छ । आन्तरिक रुपमा हुने सवारी आउजाउमा पनि कडाइ गरिएको छ । एम्बुुलेन्स, सुरक्षाकर्मी र केही सरकारी कार्यालयका गाडी मात्र गुडेका छन् । बंैक तथा वित्तिय संस्था पनि बन्द छन् ।

प्रकाशित : जेष्ठ १, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?