करणी अभियोगमा एक युवा पक्राउ

आश गुरुङ

लमजुङ — जबर्जस्ती करणीको अभियोगमा लमजुङ प्रहरीले एक युवालाई मंगलबार पक्राउ गरेको छ । मध्यनेपाल नगरपालिका ६ का २५ वर्षीय सोनाम धिंगाललाई लमजुङ प्रहरीले तनहुँको दमौलीबाट मंगलबार इन्स्पेक्टर ओमप्रकाश पुनको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । 

करणी अभियोगमा एक युवा पक्राउ

डीएसपी रविन्द्रमान गुरुङका अनुसार यही वैशाख २८ गते आइतबार राति एक १४/१५ वर्षीया किशोरीलाई रातको समयमा जबर्जस्ती करणी गरेको अभियोगमा धिंगालविरुद्ध प्रहरीमा उजुरी परेको छ । घटनापछि धिंगाल लुकिछिपी हिँडेका युवकलाई मंगलबार दमौलीबाट पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका युवक धिंगाललाई बेंसीसहरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान गरी जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ३०, २०७७ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?