१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

म्याग्दीमा डेंगु संक्रमित थपिएको थपियै

दुई दिनभित्र ४ जनामा डेंगुको संक्रमण भेटिएको छ । वैशाखमा मात्रै ९ जना संक्रमित भइसकेका छन् ।
घनश्याम खड्का

म्याग्दी — कोभिड–१९ संक्रमण त्रासका बीच म्याग्दीका विभिन्न बस्तीमा डेंगु भाइरसको संक्रमण फैलिएको छ । बेनी अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये बिहीबार र शुक्रबार ४ जनामा डेंगु संक्रमण भेटिएको हो ।

म्याग्दीमा डेंगु संक्रमित थपिएको थपियै

अस्पतालका अनुसार योसँगै वैशाखमा मात्रै ९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बेनी नगरपालिका–५ का २५ वर्षीय पुरुष र बेनी-६ का २० वर्षीय पुरुषमा डेंगु भेटिएको हो । दुवैको बस्ती एउटै हो । बिहीबार पनि बेनी-७ मंगलाघाटका २८ वर्षीय पुरुष र मंगला गाउँपालिका-१ भरजुलाका युवामा डेंगु भेटिएको थियो । गत माघमा बेनी-७ की एक महिलामा पनि डेंगु संक्रमण भेटिएको थियो ।

गर्मी सिजन सुरु भए पनि लगातारको वर्षाले गर्मी बढेको छैन । तर लामखुट्टे लाग्न थालेको छ । अस्पतालले अभिलेखअनुसार डेंगु परीक्षण सुरु गरेको ०७६ भदौ यतामात्र जिल्लामा १४ जनामा डेंगु संक्रमण फेला परेको थियो ।

‘गर्मी सिजनसँगै डेंगु तीव्र गतिमा बढेको देखिएको छ । कोरना भाइरस महामारीबीच एकै महिनामा ५ जनामा डेंगु भेटिनु राम्रो संकेत होइन,’ अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बास्ताकोटीले भने, ‘बेनीमा गाडीका टायरको असुरक्षित व्यवस्थापन डेंगुको मुख्य चुनौती हो । यो डेंगुको सिजन पनि हो । डेंगु र कोभिड–१९ रोगको लक्षण मिल्दोजुल्दो भएकाले आत्तिनु हुँदैन ।’

डेंगु र स्क्रब टाइफस एक बिरामीबाट अन्यमा सजिलै संक्रमण हुने भएकाले लकडाउनका बेला थप सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन । बेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरीर दुख्ने जस्ता डेंगुका मुख्य लक्षण हुन् ।

प्रकाशित : वैशाख २६, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?