१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रतिबन्धित नेकपाका नेता फेरि पक्राउ

नारायण शर्मा

नवलपरासी — प्रतिबन्धित नेकपाका नेता दिलीप चन्दलाई जिल्ला अदालत परिसरबाट प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

प्रतिबन्धित नेकपाका नेता फेरि पक्राउ

सर्वोच्च अदालतले अनलाइनबाट जिल्ला अदालत पूर्वी नवलपरासीमार्फत रिहा गर्न आदेश दिएका दिलीपलाई छुटेलगत्तै अदालत परिसरबाट पक्राउ गरिएको हो । स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको छ ।

दिलीप नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुर चन्दका छोरा हुन् । दिलीप नेकपा चन्द समूहको गतिविधिमा संलग्न भएको कसुरमा तुलसीपुर कारागारमा रहेका छन् । अभद्र व्यवहारको अभियोगमा गत फागुन १९ गते कपिलवस्तुबाट पक्राउ परेका दीलिपलाई जिल्ला अदालतले चैत्र २३ गते रिहा गरेको थियो । त्यतिबेलै पुन: पक्राउ परेका उनलाई पश्चिम नवलपरासी ल्याइएको थियो । त्यहाँबाट पनि उनलाई त्यही मुद्दामा पूर्वी नवलपरासी ल्याइएको पार्टी श्रोतको भनाइ छ ।

प्रकाशित : वैशाख २३, २०७७ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?