कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चेपाङ बस्तीमा ४ जनामा दादुरा संक्रमण

हरिराम उप्रेती

गोरखा — गण्डकी गाउँपालिका–७ घ्याल्चोकस्थित छत्तिवनगैराका ४ जनामा दादुरा पुष्टि भएको छ । शंकास्पद ५ जनाको रगत परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएकोमा ४ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजु न्यौपानेले बताए । उनका अनुसार ६ महिना, ८ वर्ष, १२ वर्ष र १७ वर्षीयामा दादुरा देखिएको उनले बताए ।

‘शंकास्पद बिरामी भेटिएको जानकारी आएपछि वैशाख १७ गते रगत संकलन गरेर परीक्षणको लागि टेकु पठाएका थियौँ,’ न्यौपानलेले भने,‘आइतबार रिपोर्ट प्राप्त गर्‍यौं, ४ जनाको रिपोर्ट पोजिटिभ आयो, एक जनाको नेगेटिभ आएको छ ।’

४ बिरामीलाई भिटाभिन ‘ए’को औषधि खुवाइसकिएको उनले बताए । ‘दादुरा–रुबेला विरुद्घको खोप नलगाएकाले अहिले संक्रमण देखिएको हो, उहाँहरुलाई सोधपुछ गर्दा पनि खोपको लगाएको थाह नै पाएका छैनौं भन्नुहुन्छ,’ न्यौपानेले भने ।

अब उक्त गाउँपालिकाभरि खोप कार्यक्रम सुरु गर्ने तयारी गरिएको छ । ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर वैशाख अन्तिम साताबाट खोप कार्यक्रम सुरु गर्ने न्यौपानेले बताए । ‘वैशाख २३ गते गाउँपालिकाका प्रत्येक वडामा छलफल हुन्छ,’ उनले भने,‘दादुरा, रुवेला दुवैलाई हुने गरेर खोप कार्यक्रम चल्छ ।’


प्रकाशित : वैशाख २१, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?