१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जंगली च्याउ खाँदा ७ जना बिरामी

नारायण शर्मा

कावासोती — पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका ३ सहित ७ जना बिरामी परेका छन् ।जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका पुरुषोत्तम भण्डारी, पुनम भण्डारी,सुनिता भण्डारी र पविन रिजाल गम्भीर बिरामी परेका हुन् ।

३ जना जिल्ला अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन । चारै जनालाई पूर्वी नवलपरासीस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दियो

। जंगलको च्याउ ल्याएर खाँदा उनीहरु बिरामी परेको वडा नम्बर ४ का वडाध्यक्ष गोपाल अधिकारीले जानकारी दिए । उनीहरुले शनिबार जंगलबाट ल्याएको च्याउ खाएका थिए ।

प्रकाशित : वैशाख २१, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?