१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गल्याङ नगरपालिकामा १२५ जना क्‍वारेन्टाइनमा

प्रतीक्षा काफ्ले

स्याङ्जा — जिल्लाको गल्याङ नगरपालिकास्थित सामुदायिक क्‍वारेन्टाइनमा बस्‍नेको संख्या १ सय २५ पुगेको छ । मुलुकका विभिन्न ठाउँबाट आएका ९४ जना पुरुष र ३१ जना महिला गरी १ सय २५ जनालाई नगरपालिकाले १४ दिनका लागि क्‍वारेन्टाइनमा राखेको हो ।

धनकुटाबाट आएका ४, बुटवलबाट ४ र पोखराबाट ४ जना क्‍वारेन्टाइनमा बस्‍ने थपिएका छन् । दुई दिनअघि आएका उनीहरुलाई गल्याङ बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए । उनीहरुसँगै बहुमुखी क्याम्पसमा मात्रै क्‍वारेन्टाइनमा बस्‍नेको संख्या ९८ पुगेको छ ।

बाराको डावर नेपालमा कार्यरत गल्याङका ७९ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । यस्तै, काठमाडौं, बुटवल, म्याग्दी, चितवन, दुम्की तथा चापाकोट र पोखराबाट आएका पनि क्‍वारेन्टाइनमा छन् । गल्याङ क्याम्पसबाहेक वडा नम्बर ७ को ज्योति आधारभूत विद्यालयमा ११ जना र खोलाखर्क आधारभूत विद्यालयमा ८ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ ।

यसैगरी, वडा नम्बर २ गुठीमा रहेको आमा समूहको भवन, गल्याङ नगरपालिका ८ मा रहेको स्थानीयको खाली घर, वडा नम्बर ६ मा रहेको नरोदय मावि र वडा नम्बर ४ को शिशु कल्याण माविमा २/२ जनाका दरले क्‍वारेन्टाइनमा राखिएको छ । नगरपालिकाका अनुसार वडा नम्बर १० बाहेक अन्य वडाबाट आएकाहरु र पाल्पाको रामपुर नगरपालिका ८ का १ जना पनि क्‍वारेन्टाइनमा छन् । क्‍वारेन्टाइनमा खानाको राम्रो व्यवस्था गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताए ।

यसैबीच, गल्याङ नगरपालिका १ मा रहेको राम्दीमा स्वास्थ्य परीक्षण गराउनेको संख्या १४ हजार पुगेको जनाइएको छ ।

प्रकाशित : वैशाख १९, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?