१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

म्याग्दीमा सुत्केरीलाई अण्डा र घ्यु

घनश्याम खड्का

म्याग्दी — लकडाउनको समयमा गाउँमा सबैका लागि पर्याप्त पोषणयुक्त खानेकुराको उपलब्ध नहुने भएपनि जिल्लाको मालिका गाउँपालिकाले सुत्केरी स्याहार थालेको छ ।

म्याग्दीमा सुत्केरीलाई अण्डा र घ्यु

गाउँपालिकाका उपाध्यक्षसँग स्वास्थ्य कार्यक्रम अन्र्तगत सुत्केरी स्याहार गर्न पर्याप्त पोषणयुक्त खानाका लागि एक क्रेट अण्डा, आधा लिटर घ्यु, मेथी, ज्वानोसमेतका पोषणयुक्त खाना पुर्‍याएको जनाएको छ । गाउँपालिकाका–७ वडामध्ये पहिलो दिन आइतबार ३ नम्बर वडा रहेको रुम डाँडा गाउँका २० जना सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गरेको हो । सुत्केरीलाई पायक पर्ने स्वास्थ्य संस्थामा बोलाइ सामाग्री हस्तान्त्रण गरिएको हो ।

‘लकडाउनले गर्दा यतिबेला माछामासु, अण्डा किन्न समेत समस्या छ । त्यसैले सुत्केरीहरुलाई घ्यु, अण्डा लगायतका पोषिलो खानेकुरा वितरण गरेका हौं’ मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले भनिन्, ‘उपाध्यक्षसँग स्वास्थ्य कार्यक्रम अन्र्तगतका विनियोजित २० लाख रुपैयाँ बजेटबाट तत्काल पोषिलो खाना पुर्‍याउन सुत्केरी स्याहर थालेका हौं ।’

गाउँपालिकाले चालु आर्थिक वर्षको (०७६ साउनदेखि ०७७ असारसम्म) गाउँपालिकाका सबै सुत्केरीलाई पोषिलो आहारा अन्र्तगत स्थानीय उत्पादन घ्यु र अण्डा वितरण गर्ने नीति बनाएको जनाएको छ ।

वितरण गरिएका घ्यु र अण्डा गाउँपालिकाभित्रकै स्थानीय उत्पादन हुन् । सकेसम्म सम्बन्धित वडाका कृषकले उत्पादन गरेका घ्यु र अण्डा खरिदगरी सुत्केरीलाई वितरण गर्ने गरिएको छ । उपाध्यक्षसँग स्वास्थ्य कार्यक्रम अन्र्तगत हजार दिनका आमा/बच्चाको स्वास्थ्य तथा पोषण, प्रसूति गराउन स्थानीय स्वास्थ्य संस्थाबाट बाहिर दरवाङ, बेनी वा पोखरा पुर्‍याउनु पर्दा नि:शुल्क एम्बुलेन्स, स्वास्थ्य चौकीमा प्रसूति गराउनेलाई प्रोत्साहन भत्ता, नवजात शिशुलाई न्यानो कपडासमेत वितरण कार्यक्रम रहेको स्वास्थ्य संयोजक सन्तु कार्कीले बताइन् ।

प्रकाशित : वैशाख १५, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?