कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मनकामनाका पुजारीका दुई बन्दुकको इजाजत खारेज

हरिराम उप्रेती

गोरखा — मनकामना मन्दिरका मुख्य पुजारी इन्सान थापाका दुई बन्दुकको इजाजत खारेज भएको छ। आइतबार थापाले टुबेलबोरको राइफल र भरुवा बन्दुक प्रहरीलाई बुझाएको एसपी ओम अधिकारीले बताए । दुई बन्दुकको स्वमित्व अब थापाको नाममा नरहने प्रहरीले जनाएको छ ।

पुजारी थापाले व्यक्तिगत सुरक्षाका लागि भन्दै तीन वटा हतियारको इजाजत लिएका थिए । लकडाउनको बेला वैशाख ६ गते ‘प्वाइन्ट २२’ राइफल बोकेर हिँडेपछि थापाको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त हतियार नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार दुई बन्दुकको इजाजत खारेज गरि थापालाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘उहाँ सामाजिक दबाबमा पनि पर्नुभयो,’ पौडेलले भने, ‘आइतबार बन्दुक बुझाउन उहाँ आफैले निवेदन दिएपछि इजाजत खारेज गर्‍यौं।’

प्रकाशित : वैशाख १५, २०७७ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?