६ महिनापछि 'बेँसी' बाट बल्ल फर्किए मुस्ताङी

घनश्याम खड्का

म्याग्दी — जाडो छल्न गत कात्तिकमा 'बेँसी' झरेका मुस्ताङी ६ महिनापछि घर फर्केका छन्। घर फर्कने समयमा फागुन/चैत पहिलो सातासम्म बेमौसमी हिमपातले र पछि लकडाउनका कारण उनीहरु काठमाडौं र पोखरामा रोकिएका थिए।

कोभिड–१९ जिल्ला कमान्ड पोस्ट मुस्ताङका जानकारी अनुसार बिहीबारदेखि शनिबारसम्म ३ सय ५० भन्दा बढी मुस्ताङी घर फर्केका छन्।

स्थानीय गाउँपालिकाहरुले गण्डकी प्रदेश सरकार र प्रहरीसँगको समवन्ययमा उनीहरुलाई घर फर्काएको हो। उनीहरु यसअघि पोखरामा रहेका मुस्ताङका घुम्ती विद्यालय (हिउँदमा मात्र सञ्चालन गरिने) मा बसेका थिए।

लोमन्थाङ, लोघेकर दामोदर कुण्ड र मुक्तिनाथ वारगुङ गाउँपालिकाका उनीहरु पोखरा र काठमाडौंबाट रिजर्भ बसमा सम्बन्धित गाउँपालिकामा पुगेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए। ‘घर फर्केका सबैलाई सम्बन्धित गाउँपालिकाले होम क्वारेन्टाइनमा राखी निगरानीमा राख्नेछ,’उनले भने।

प्रकाशित : वैशाख १४, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?