१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एक्लै सय परिवारलाई राहत

प्रकाश बराल

बागलुङ — यहाँका एक जनप्रतिनिधिले एक्लै सय परिवारलाई राहत वितरण गरेका छन् । जैमिनी नगरपालिका–८का वडा सदस्य केन्द्र रसाइलीले वडाका एकसय जना विपन्न, दलित र मजदुरका परिवारलाई राहत सामाग्री वितरण गरेका हुन् ।

लकडाउनका कारण खाद्यान्न नभएका विपन्न परिवारलाई उनले ३ हजार केजी चामलसहित सामाग्री दिएका हुन् ।

स्थानीय पालिकाहरुले ५ केजीदेखि १० केजी चामल बाँडिरहेका छन् । उनले भने परिवारलाई महिनादिन सम्म पुग्ने गरी सामाग्री बाँडेका हुन् ।

उनको गाउँ सदरमुकामदेखि २१ किमी दक्षिणमा पर्छ । ३० वर्षका रसाइलीले स्थानीय निर्वाचनमा कांग्रेसबाट वडा सदस्य जितेका थिए । उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

प्रकाशित : वैशाख १४, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?