२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सिराहाबाट बन्दीपुर आएका चार जना क्‍वारेन्टाइनमा

सम्झना रसाइली

तनहुँ — लकडाउन लागू भएपछि सिराहाबाट तनहुँको बन्दीपुर गाउँपालिका आएका ४ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई बन्दीपुर–४ टुँडीखेलस्थित रत्नज्योति निम्न माध्यमिक विद्यालयमा निर्माण गरिएको क्‍वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

सिराहाबाट बन्दीपुर आएका चार जना क्‍वारेन्टाइनमा

‘३/४ दिन अगाडि बन्दीपुर आइपुगेका उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमै राखिनेछ,’ प्रमुख अधिकारीले भने, ‘गाउँपालिकाको निगरानीमा राखेर उनीहरुको समय–समयमा स्वास्थ्य परीक्षण पनि गरिनेछ ।’सिराहा घर भई बन्दीपुरस्थित आयुर्वेद पसलमा कार्यरत श्रीमान्, श्रीमती र उनीहरुका दुई छोरालाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।

जिल्लाका अन्य स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा भने कोही बसेका छैनन् । यसअघि व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा २ र देवघाट गाउँपालिका–५ स्थित धर्माथ अस्पतालमा एक जना क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेको १४ दिन पछि स्वास्थ्य परीक्षण गरेर कोभिड–१९ को कुनै पनि लक्षण नदेखिएपछि उनीहरुलाई घर पठाइएको कार्यालय प्रमुख अधिकारीले बताए ।


प्रकाशित : वैशाख १२, २०७७ २२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?