हजार कुखुरा जले

सम्झना रसाइली

तनहुँ — जिल्लाको भानु नगरपालिका–२ भकुन्थोकस्थित एक कुखुरा फार्ममा शुक्रबार बिहान आगलागी भएको छ । आगलागीबाट भौतिक संरचना तथा खोरमा भएका ब्रोइलर कुखुरा गरी करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहान करिब ३ बजे विद्युत् चुहिएर आगलागी भएको प्रहरीको अनुमान छ । खरको छानो रहेकाले कुखुराको खोर पूर्ण नष्ट भएको डीएसपी लिलाराज लामिछानेले बताए । जलेर नष्ट हुने कुखुराहरु ३७ दिनका थिए । खोरका कुखुरामध्ये करिब २० वटा कुखुरामात्रै जीवित भेटिएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०७७ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?