कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तलब नपाएपछि गल्याङ अस्पतालमा तालाबन्दी

प्रतीक्षा काफ्ले

स्याङ्जा — गल्याङ नगर अस्पतालका कर्मचारीले अस्पतालमा तालाबन्दी गरेका छन् । ८ महिनादेखि तलब नपाएको भन्दै कर्मचारीले बिहीबार साँझ तालाबन्दी गरेका हुन् ।

तलब नपाएपछि गल्याङ अस्पतालमा तालाबन्दी

गल्याङ नगरपालिका–३ मा रहेको उक्त अस्‍पतालको च्यानल गेटमा ताला लगाएर अस्पताल बन्द गरिएको हो ।

पटकपटक नगरपालिकासँग तलबबारे अनुरोध गर्दा सुनुवाइ नभएपछि अस्पतालमा ताला लगाउन बाध्य भएको अस्पतालका डाक्टर निरन्जन चौधरीले बताए ।

‘हाम्रो पटकपटकको अनुरोधलाई नगरपालिकाले बेवास्ता गरेपछि हामीले सोमबार ताला लगाएका थियौ,’ उनले भने, ‘नगरपालिकाले बुधबारसम्म तलबबारे टुंगो लगाउने मौखिक सहमति गर्‍यो । हामीले पुनः काम सुरु गरेका थियौ । तर, बुधबारसम्म पनि तलब सुविधाबारे कुनै टुंगो नलगाएपछि पुनः तालाबन्दी गर्न बाध्य भयौं ।’

यसैबीच घटनाको छानबिन नगरपालिकाले उपप्रमुख देवीसरा थापाको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ ।

प्रकाशित : वैशाख १२, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?