कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कावासोतीको क्वारेन्टाइनबाट ३ जना भागे  

कावासोती — पूर्वी नवलपरासीको कावासोतीमा क्वारेन्टाइनबाट तीन जना भागेका छन् ।  कावासोती नगरपालिका वडा नम्बर १ मा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका उनका २ जना युवालाई क्वारेन्टाइनमा राखिएको थियो । सोमबार दिउँसो क्वारेन्टाइनमा बसेका उनीहरु मंगलबार बिहान फरार भएको कावासोती नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नारायणप्रसाद पन्तले बताए । 

क्वारेन्टाइनको सुरक्षाको जिम्मा नगर प्रहरीलाई दिइएको छ । स्थानीयले नगर प्रहरी र जनप्रतिनिधिको लापरबाहीको कारण कवारेन्टाइनमा बसेका युवा भागेको भन्दै तत्काल खोजी गरेर स्वास्थ्य जाँच गर्न माग गरेका छन् ।

फरार रहेका व्यक्तिको खोजी कार्य भइरहेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत् व्यवस्थापन समितिका संयोजक प्रेम शंकर मर्दनियाले बताए । कावासोती नगरपालिकामा हाल सम्म २० जनालाई क्वारेन्टाइनमा राखिएको थियो। त्यसमध्ये ९ जना घर फर्किसकेका छन् ।

प्रकाशित : वैशाख ९, २०७७ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?