३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चट्याङ लागेर पर्वतमा एक जनाको मृत्यु

अगन्धर तिवारी

पर्वत — आइतबार साँझ परेको चट्याङले पर्वतकी एक महिलाको ज्यान गएको छ । फलेबास नगरपालिका–३ शंकरपोखरीको टारीकी २८ वर्षीया कल्पना भुसालको ज्यान गएको हो ।

बाख्रा चराउन गएकी भुसाल हावाहुरीसहित एक्कासि वर्षा भएपछि बाख्रा लिएर घर फर्किंदै थिइन् । स्थानीयका अनुसार बाख्रा घर ल्याइसकेर खोरमा थुन्ने क्रममा परेको चट्याङ लागेर उनी घाइते भएकी थिइन् ।

उपचारका लागि पर्वत अस्पताल ल्याइएकोमा अस्पतालमै उनको मृत्यू भएको पर्वत प्रहरीले जनाएको छ । भुसालको सोमबार पोस्टमार्टम गरी आफन्तलाई शव बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०७७ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?