गण्डकी

पाँच जनासम्म मजदुर खटाएर भौतिक निर्माणका काम गर्न पाइने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरिएको लकडाउनको समयावधिमा पनि जिल्लाको शुक्लागण्डकी नगरपालिकाले भौतिक निर्माणको काम गर्न दिने भएको छ । नगरपालिका क्षेत्रभित्रका भौतिक निर्माणका काममा ५ जनासम्म मजदुर खटाएर काम गर्न दिने भएको हो ।

भूकम्पपीडितका बस्ती निर्माण मजदुरको बाटोबाट उद्धार

हावाहुरीसँगै पानी दन्किरहेको थियो । दिन ढल्कदै जाँदा हरमटारीस्थित सुनसान सडकमा आइतबार प्लास्टिक ओडेर पैदलयात्राका क्रममा रहेका मानिसको लाम देखियो । यसरी हिँडेकाहरुको गन्तब्य लामो थियो । 

पोखराबाट पैदलै रोल्पा हिँडेका १८ मजदुरको उद्धार

पोखरादेखि पैदल हिँडेर आएका १८ जना मजदुरलाई बागलुङ प्रहरीले उद्दार गरेको छ । आइतबार जिल्लाको प्रवेशद्वार मालढुंगाबाट स्थानीय शान्ति समितिको भवनमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

दूध खपत नभएपछि पनिर र घ्यू 

लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि यहाँका एक व्यवसायीले पनिर, नौनी र घ्यू  उत्पादन थालेका छन । लामो समयसम्म राख्न सकिने गरी पनिर, नौनी, घ्यू उत्पादन थालेको वालिङ् नगरपालिका–१२ का व्यवसायी पिताम्बर डुम्रेले बताए ।

असिनापानीले बालीनालीमा क्षति

असिनापानीले लमजुङमा बालीनालीमा क्षति पुगेको छ । भर्खर लगाएको र हुर्किंदै गरेको मकैबालीमा बढी क्षति पुर्‍याएको स्थानीय किसानले बताएका छन् ।

मनकामनाका पुजारीको राइफल प्रहरी नियन्त्रणमा

मनकामना मन्दिरका पुजारी इन्सान थापाको बन्दुक प्रहरीले नियन्त्रमा लिएको छ । पुजारी थापासँग रहेको ‘प्वाइन्ट २२’ राइफल नियन्त्रणमा लिएको एसपी ओम अधिकारीले बताए ।

क्‍वारेन्टाइनमा बसेकालाई वडाध्यक्षले दुई दिनमै घर पठाइदिए

सहिद लखन गाउँपालिका–७ को सहिद स्मृति माविको सामूहिक क्वारेन्टाइनमा बसेका  सात जनालाई वडाध्‍यक्षले २ दिनमै घर पठाइदिएका छन् ।

भीर मौरीको मह काढ्न गएका युवाको मृत्यु

भीर मौरीको मह काढ्न गएका यहाँका एक युवाको शनिबार राति लडेर मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर–५ स्थित कौलेनीको भीरबाट लडेर स्थानीय ३३ वर्षीय पुरन रानाको मृत्यु भएको प्रहरीले बतायो । 

आरनमा हतियार मर्मत गर्ने कारागार चलान

घरेलु हतियार मर्मत सम्भारका लागि आरन सञ्चालन गर्ने हुप्सेकोटका ताराबहादुर विकलाई पुर्वक्षका लागि चितवन कारागार चलान गरिएको छ ।

वैशाख ६, २०७७

तनहुँमा जिल्ला बाहिरबाट तरकारी आयतमा प्रतिबन्ध

तनहुॅमा जिल्ला बाहिरबाट तरकारी ल्याउन प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि छिमेकी जिल्ला र भारतबाट आयत गरिने तरकारी रोक लगाउने निर्णय जिल्लाका सरोकारवालाहरुको बैठकले गरेको हो ।

आरडीटीमा पोजिटिभ रिपोर्ट आएकी महिलाको पीसीआर नेगेटिभ

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटि) मा एन्टीबडी पोजिटिभ देखिएको पालुङटार नगरपालिकाकी ५० वर्षीय एक महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । परीक्षणपछि ती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

बाग्लुङकी ६५ वर्षीया महिलाले कोरोनालाई जितिन्, तीन सातामा भइन् डिस्चार्ज

बागलुङकी ६५ बर्षीया महिला कोरोना भाइरसको संक्रमणलाई जितेर निको भएकी छन् । दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी उनलाई शनिबारै साँझ धौलागिरी अञ्चल अस्पतालले डिस्चार्ज गरेको छ । 

'श्राद्धभन्दा छोरीको भोक मेटाउनु ठूलो’

परिवारका सबैले धर्म परिवर्तन गरेपछि पर्वत भुकताङ्लेका राजन क्षेत्रीले आफ्ना जेठाबाको श्राद्ध गर्दै आएका थिए। यस वर्ष गत बुधबार श्राद्धको तिथि थियो। उनले कपाल मात्रै खौरिए।

बागलुङकी कोरोना संक्रमित निको भइन्, आइतबार घर फर्किने

बागलुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएर घर फर्कने भएकी छन् । २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।