१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आरडीटी परीक्षणमा पोजिटिभ देखिएका गोरखाका युवाको स्वाब परीक्षणमा नेगेटिभ

लालप्रसाद शर्मा

पोखरा — र्‍यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका गोरखा आरुघाटका युवाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ । 

आरडीटी परीक्षणमा पोजिटिभ देखिएका गोरखाका युवाको स्वाब परीक्षणमा नेगेटिभ

आरुघाटा–५ का ३१ वर्षीय युवकको बुधबार पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना नभटिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोदबिन्दु शर्माले उनमा कोरोना संक्रमण नभेटिएको बताए । फागुन २३ मा बहराइनबाट आएका युवाकाे मंगलबार आरुघाटमा गरिएको आरडिटीमा पोजिटिभ देखिएको थियो ।

प्रकाशित : वैशाख ३, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?