र्‍यापिड टेस्टमा बेनीका ३३ जनाकै रिपोर्ट नेगेटिभ 

घनश्याम खड्का

म्याग्दी — स्वास्थ्य कार्यालयले चैत सुरु भएयता भारत समेत विदेशबाट फर्केका म्याग्दीका सबै जनाको र्‍यापिड टेस्ट गर्न थालेको छ । बेनी नगरपालिका भित्रका ३३ जनाको शनिबार र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका सदस्य सुरत केसीका अनुसार टेस्ट गरिएका मध्ये र्‍याण्डम विधीबाट ६ जनाको स्वाब भने कोरना परिक्षणका लागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ । उक्त र्‍यापिड किटले १५ मिनेटमा कोरनाका लक्षणको टेस्ट रिपोर्ट दिन्छ ।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय तह अनुसार चैतयता विदेशबाट घर फर्केका र क्यारेन्टाइनमा समेत बसेका बेनी नगरपालिका भित्रका ३३ जनालाई शनिबार गरियो । आइतबार मालिका गाउँपालिकाका ११ र धौलागिरी गाउँपालिकाका १५ जनालाई र्‍यापिड टेस्टका लागी सदरमुकाम ल्याउने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी सोमबार मंगला गाउँपालिकाका ३४ र रघुगंगा गाउँपालिकाका ३६ तथा मंगलबार अन्नपूर्ण गाउँपालिकाका १५ जनाको र्‍यापिड टेस्ट गर्ने समय तालिका मिलाइएको छ ।

प्रकाशित : चैत्र २९, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?