ताला ताेडेर राहत वितरण

नारायण शर्मा

नवलपरासी — हुप्सेकोट गाउँपालिकाको कार्यालयको राहत सामग्री राखिएको गोदाममा अज्ञात समूहले लगाएको ताला खोलिएको छ । विपन्न परिवारलाई वितरण गर्न गाउँपालिकाले खरिद गरेर राखेको खाद्यान्नको गोदाममा आइतबार राति तालाबन्दी गरिएको थियो ।

ताला ताेडेर राहत वितरण

गाउँपालिकाले ५ सय बोरा चामल, ५१ बोरा दाल, तेल र नुन खरिद गरेको थियो । सर्वदलीय समितिको बैठकको निर्णयमा मंगलबार साँझ ताला खोलिएको हो ।

बुधबारदेखि घरघर पुगेर राहत बाँड्न थालिएको गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन । सदस्य संख्याका आधारमा प्रतिपरिवार अधिकतम ३० किलोसम्म खाद्यान्न उपलब्ध गराइँदै छ । ६ वटै वडाका ७ सय ९१ परिवारलाई पहिलो चरणको राहत वितरण थालिएको हो ।


कोरोना संक्रमणबाट जोगाउन गाउँपालिकामा नयाँ व्यक्तिको प्रवेश रोक्ने घोषणा गरेको हुप्सेकोट पूर्वी नवलपरासीको पहिलो पालिका हो । गाउँपालिका प्रवेश गर्ने सबै नाकामा जनप्रतिनिधि र सुरक्षाकर्मी राखिएको अध्यक्ष लक्ष्मी पाण्डले बताइन् ।


प्रकाशित : चैत्र २६, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?