कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

क्‍वारेन्टाइनका १७ जना घर पठाइए

नवलपरासी — रजहरस्थित प्राकृतिक चिकित्सालयको क्‍वारेन्टाइनमा राखिएका १७ जनालाई मंगलबार दिउसो घर पठाइको छ । भारतलगायत मुलुकबाट नवलपरासी भित्रिएका १७ पुरुषलाई २ साताअघि क्‍वारेन्टाइनमा राखिएको थियो ।  

क्‍वारेन्टाइनका १७ जना घर पठाइए

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै घरघर पठाइको हो । घर पठाउनुअघि उनीहरुले घरघरमा अपनाउनुपर्ने सावधानीका बारेमा चिकित्सकले परामर्श दिएका थिए ।


घरमा रहँदा अझ एक हप्ता कम्तीमा उनीहरुले अपनाउन पर्ने आनीबानीका बारेमा जानकारी गराएर बिदा गरिएको चिकित्सालयका प्रवक्ता हरि सापकोटाले जानकारी दिए ।


लकडाउन सुरु भएपछि बिदेशबाट नवलपरासीका विभिन्न पालिकामा छिरेकाहरुलाई खोजी गरेर प्राकृतिक चिकित्सालयको क्‍वारेन्टाइनमा राखिएको थियो । चिकित्सालयमा ४ सय बेडको सुविधासम्पन्न क्‍वारेन्टाइन गत २ सातादेखि सञ्‍चालनमा रहेको छ । ४ सय वेड क्‍वारेन्टाइन रहेका चिकित्सालय मंगलबार दिउँसोबाट खाली भएको छ ।


प्रकाशित : चैत्र २५, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?