कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गण्डकी प्रदेश सरकारले ११ जिल्लालाई डेढ करोड दिने

प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी प्रदेश सरकारले प्रदेश अन्तर्गतका ११ वटै जिल्लालाई आर्थिक सहयोग गर्ने भएको छ । सोमबार बसेको गण्डकी प्रदेशको मन्त्री परिषद्को बैठकले १ करोड ४५ लाख रुपैयाँ सहयोग दिने गरी रकम विनियोजन गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारले ११ जिल्लालाई डेढ करोड दिने

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मनाङ र मुस्ताङ जिल्लालाई ५/५ लाखको दरले सहयोग गर्ने र बाँकी नौ जिल्लामा १५ लाखको दरले सहयोग गरिने गरी निर्णय भएको बताए । उनका अनुसार विनियोजन गरिएको उक्त रकम सबै जिल्ला प्रशासन कार्यालयमा दिइने छ ।


यसभन्दा पहिला बसेको मन्त्री परिषदको बैठकले कोरोना भाइरस नियन्त्रण रोकथाम तथा व्यवस्थापनका लागि गण्डकी प्रदेश अन्तर्गतका ८५ वटै स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यले ६ करोड ५० लाख छुटाएको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?