कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहाडमा आगलागी हुँदा १५ हेक्टर वन सखाप

आश गुरुङ

लमजुङ — सुन्दरबजार नगरपालिका–१ कुन्छाको गढी पहाडमा आगलागी हुँदा १५ हेक्टर वनका रुख र पातपतिंगर सखाप भएको छ । कुन्छाको पाताल सामुदायिक वनमा भएको आगलागीले धनजनको क्षति नभएपनि लाखौंका रुखविरुवा नष्ट पारेको स्थानीयले बताएका छन् ।

पहाडमा आगलागी हुँदा १५ हेक्टर वन सखाप

स्थानीय अगुवा गोवद्र्धन गौलीका अनुसार कोइराला फाँट नजिकैको पाउँदी खोला छेउबाट पहाडको टुप्पोसम्म आगलागी भएको हो । आगलागी अझै पनि पूर्ण रुपमा ननिभेको उनले बताए । आगलागीबाट धनजनको क्षति नभएपनि रुखबोट तथा वन्यजन्तु पशुपन्छी जलेको हुनसक्ने स्थानीयले बताएका छन् ।


सोमबार साँझ पौने ७ बजेतिर स्थानीयले आगलागी भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनजंगलको रुखविरुवा र पातपतिंगरलाई डढाएर आगो पहाड हुँदै गढीमा पुगेपछि राति १२-१ बजेतिर आफैं नियन्त्रणमा आएको थियो । प्रहरी र स्थानीयले आगो निभाउन प्रयास गरे पनि सकेका थिएनन् । सोमबार राति साढे ९ बजेतिर खबर आएपछि प्रहरी आगलागी भएको ठाउँमा खटिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ओमप्रकाश पुनले बताए । उनका अनुसार कुन्छा प्रहरी चौकीबाट असई गुनबहादुुर थापाको नेतृत्वमा खटिएको केही बेरपछि इलाका प्रहरी कार्यालय भोटेओडारका इन्सपेक्टर लोकेन्द्र अधिकारीको नेतृत्वमा प्रहरी खटिएको थियो । आगलागी करिब १५ हेक्टर क्षेत्रफलमा फैलिएको प्रहरीले जनाएको छ । आगलागीबाट पाताल सामुदायिक वनका रुख तथा पातपतिंगर जलेको प्रहरीले बताएको छ ।



डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले भीरालो ठाउँ भएकाले आगलागी नियन्त्रणमा कठिनाइ भएको र अहिले आगो नियन्त्रणमा आएको बताए । उनका अनुसार कोइराला फाँ नजिकै अधिकारी गाउँ क्षेत्रबाट आगो फैलिएको जानकारीमा आएको छ । उपभोक्ता समितिले अहिले बिहानसम्म आगो निभाएको उनले बताए । प्रहरी र वन कार्यालयले आगलागीका कारण र आगलागी गर्नेको खोजी थालेको र अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?