कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बागलुङमा लकडाउन उल्लंघन गर्ने ४० पक्राउ

प्रकाश बराल

बागलुङ — जिल्ला प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गर्न थालेको छ । सरकारले लगडाउन झन् कडा पार्ने निर्णर्य गरेसँगै बागलुङमा लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गर्न थालिएको हो । 

बागलुङमा लकडाउन उल्लंघन गर्ने ४० पक्राउ

आइतबार बिहान मात्र ४० जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए । ‘अत्यावस्यक काम नपरेका मानिस भित्रै बसिदिनोस् भन्दा नटेरेपछि पक्राउ गरेका हौं,’ भट्टले भने, ‘संक्रमण घटाउन पनि कडा रुपमा प्रस्तुत हुनुपरेको हो ।’ पक्राउ परेकालाई सम्झाइबुझाइ घर पठाएको उनले बताए । पटक पटक दोहोरिएमा क्वारेन्टाइन पठाउने उनले बताए ।


दुईजना संक्रमित भेटिएपछि बागलुङलाई कडा लकडाउन बनाउन दबाब समेत परेको छ । दुवै संक्रमितका परिवारको स्वाब परीक्षण भने नेगेटिभ आएको छ ।


आइतबार राति छैठौ संक्रमित महिलाको ससुरा, बुहारी र दुई नातीको नेगेटिभ आएको हो । पाँचौ संक्रमितको परिवारका सबै सदस्यको शुक्रबारै नेगेटिभ आएको थियो । संक्रमित दुवैजना धौलागिरी अञ्चल अस्पतालमा उपचार गराइरहेका छन् ।


कोरोना भाइरसबाट संक्रमति नवौं युवासँगै कंचनपुरबाट आएको पत्ता लागेपछि एक जनालाई बागलुङको बरेङ गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । उनीहरुसँगै आएका अन्य चारजना भने रुपन्देहीमा रहेको खुलेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

प्रकाशित : चैत्र २३, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?