१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

विदेशबाट आएका ३ सय ४० जना खोइ ?

अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि अनुगमन नहुँदा संक्रमणको जोखिम बढ्दो
नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा विदेशबाट आएका ३ सय ४० जना सम्पर्कबाहिर छन्। भारत र अन्य देशबाट आएका ३ सय ५७ जनामध्ये १७ जना होम क्वारेन्टाइनमा बसे पनि अरु क्वारेन्टाइनको सम्पर्कमा नभएको पाइएको छ।

नगरपालिकामा बनाइएको एक सय बेडको क्वारेन्टाइन यतिबेला खाली सबैभन्दा सबैभन्दा पहिले बनाइएको कुमारी निजी शैक्षिक गुठीमा रहेको २० बेडको क्वारेन्टाइनमा शुक्रबारसम्म कोही पनि बसेका छैनन्

नगरप्रहरीले क्वारेनटाइनको निगरानी गरिरहेको वडाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए १७ वटा वडा रहेको कावासोतीका सबै वडामा ढीमा / बेडको क्वारेन्टाइन बनाइएको

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द भुसालले लकडाउनपछि कावासोती नगरपालिका क्षेत्रभित्र सय ५७ जना भित्रिएको पुष्टि गरे१७ जना होम क्वारेन्टाइनमा बसेको तथ्यांक प्रशासनसँग रहे पनि सय ४० जना सम्पर्कमै छैनन्विदेशवाट आउनेहरु अनिवार्य कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि प्रभावकारी अनुगमन नहुँदा संक्रमणको जोखिम बढेको स्थानीय बताउँछन्

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशप्रसाद चापागाईले धेरैजसो होम क्वारेन्टाइनमा बसेको दाबी गरे पनि नीहरुको तथ्यांक छैन स्वास्थ्य कार्यालयका कर्मचारीले नीहरुको निगरानी गरेको उनले दाबी गरे

प्रकाशित : चैत्र २२, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?