दोर्दी गाउॅपालिकामा १ करोडको कोरोना राहत कोष स्थापना

आश गुरुङ

लमजुङ — लमजुङको दोर्दी गाउॅपालिकाले कोरोना भाइरस (कोभिड १९)को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ । कोषबाट कोरोना संक्रमण हुन नदिन गरिने सवै काम गर्ने गाउॅपालिका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिए । 

दोर्दी गाउॅपालिकामा १ करोडको कोरोना राहत कोष स्थापना

उनका अनुसार गाउॅपालिकाभित्र कोरोना संक्रमण हुन नदिन अपनाइने सतर्कता, आवश्यक तयारी र व्यवस्थापनमा कोषको रकम खर्च गरिने भएको छ ।


त्यस्तै गाउॅपालिकाले कोरोनाको उपचारमा सम्लग्न प्रत्येक स्वास्थ्यकर्मीको १० लाख रुपैयाा बराबरको जीवन बिमा गर्ने भएको छ । उपाचारमा संलग्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र सवारी चालकका लागि यो बिमा लागू हुने गाउॅपालिका अध्यक्ष गुरुङले बताए । ‘कोरोना संक्रमित विरामीको उपचारका क्रममा स्वास्थ्यका कर्मचारीका लागि १० लाखको जीवन बीमा गरिदिने भएका छौं । बिमा गाउॅपालिकाभित्रका स्वास्थ्यकर्मीका लागि हो,’ उनले भने ।


गाउॅपालिका उपाध्यक्ष दिलबहादुर घलेले संक्रमण सम्भावित विरामी अस्पताल लैजान गाउॅपालिकाले २ एम्बुलेन्सको व्यवस्था गरेको जानकारी दिए । उॅपालिकाले भाडामा लिएर एम्बुलेन्सको व्यवस्था गरेको हो ।

त्यस्तै गाउॅपालिकाले लकडाउनको समयमा अपरिचित व्यक्तिलाई गाउॅपालिका क्षेत्रभित्र प्रवेश गर्न रोक लगाएको छ । गाउापालिकाका बासिन्दालाई अन्यत्र जान पनि रोक लगाएको उपाध्यक्ष घलेले बताए । गाउॅपालिकाले ज्याला मजदुरी गर्दै आएकालाई आवश्यकता अनुसार खाद्यान्य उपलब्ध गराउने निर्णय गरेको उपाध्यक्ष घलेले जानकारी दिए ।

प्रकाशित : चैत्र २१, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?