कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तनहुँमा एक जनामात्रै क्वारेन्टाइनमा

सम्झना रसाइली

तनहुँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि तनहु‘मा एक जनामात्रै क्वारेनटाइनमा बसेका छन् । कोरोना संक्रमण रोक्न जिल्लाका १० वटा स्थानीय तहमा १ सय ७४ वटा क्वारेन्टाइन बनाएका छन् । 

तनहुँमा एक जनामात्रै क्वारेन्टाइनमा

जिल्लामा चैत्र १ गतेदेखि बिहीबारसम्म विदेशबाट ६ सय ९७ जना फर्किएपनि क्वारेनटाइनमा एक जनामात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहु‘ले जनाएको छ । देवघाट गाउँपालिकाको क्वारेन्टाइनमा वैदेशिक रोजगारीबाट फर्किएका पुरुष क्वारेन्टाइनमा बसेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।


चैत्र ६ गते व्यास नगरपालिका ५ स्थित पराशर आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा विदेशबाट फर्किएका एक महिला र एक पुरुषलाई राखिएको थियो । बिहीबारमात्र उनीहरुको स्वास्थ्य परीक्षण गर्दा केही लक्षण नदेखिएपछि घर पठाइएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।


अहिले जिल्लामा विदेशबाट फर्किएका एक जनाबाहेक सबै होम क्वारेन्टाइनमै बसेको जिल्ला अस्पताल कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

जिल्लाका भानु नगरपालिकामा ६८, व्यास नगरपालिकामा १५३, शुक्लागण्डकी नगरपालिकामा १२४, भीमाद नगरपालिकामा ११२, म्याग्दे गाउँपालिकामा ३४, ऋषिङ गाउँपालिकामा ७९, देवघाट गाउँपालिकामा ३०, घिरिङ गाउँपालिकामा ६२, बन्दीपुर गाउँपालिकामा १५ र आँबुखैरेनी गाउँपालिकामा २० जना विदेशबाट फर्किएका छन् ।


भानुमा २०, व्यासमा १३, शुक्लागण्डकीमा २३, भीमादमा १०, म्याग्देमा ५, ऋषिङमा २०, देवघाटमा २०, घिरिङमा २५, बन्दीपुरमा २८ र आँबुखैरेनीमा १० वेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाका शंकास्पद बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान जिल्लाका २१ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए ।

प्रकाशित : चैत्र २१, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?