कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

त्रिवेणीपारि रोकिए २७ नेपाली 

नारायण शर्मा

नवलपरासी — उपचार र रोजगारीका लागि भारत गएका २७ नेपाली गण्डकी प्रदेशको सीमानाका त्रिवेणीपारि रोकिएका छन् । कोरोना संक्रमणका कारण दुवै देशमा लकडाउन भएपछि उनीहरू नेपाल फर्कन नपाएका हुन् ।

त्रिवेणीपारि रोकिए २७ नेपाली 

त्रिवेणीका ध्रुव उपाध्यायका अनुसार बिरामी र कुरुवालाई भारतीय अस्पतालले नै दाल, चामल किन्ने व्यवस्था मिलाइदिएको छ । उनीहरू आफैं भाँडा किनेर सामूहिक रूपमा खाना पकाइरहेका छन् ।

विनयी त्रिवेणी गाउँपालिकास्थित प्रहरी चौकीका सई धर्मागत ढकालले उपचारका लागि गएकाहरू लकडाउनका कारण नेपाल फर्कन नपाएको टेलिफोनमा जानकारी पाएको बताए । ‘भारतीय समकक्षी (सुरक्षाकर्मी) सँग समन्वय गरी जानकारी लिइरहेको छु,’ उनले भने, ‘गृह मन्त्रालयलाई पनि जानकारी गराइएको छ ।’

नेपालीहरूले आफ्नो बन्दोबस्ती आफैं गरेको र अस्पतालले पनि आवश्यक सहयोग गरिरहेको सूचना पाएको भन्दै उनले भारतमा समेत लकडाउन रहेकाले त्यहीँ गएर बुझ्ने अवस्था नरहेको प्रतिक्रिया दिए ।

सीमापारि रोकिनेमा अधिकांश नवलपरासीका छन् । केही पाल्पाका हुन् ।

उनीहरू लकडाउनअगावै त्रिवेणीस्थित सीमामा रहेको गण्डक पुलबाट पारि गएका हुन् । नेपालीहरू उपचारका लागि सीमावर्ती भारतीय अस्पताल जाने गर्छन् ।

भारतको वाल्मीकि नगरस्थित एक विद्यालयमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । तर बिरामी कुर्न पर्ने भएकाले आफूहरू अस्पतालकै प्रतीक्षालय र चौरमा रात काटिरहेको नेपालीहरूले बताएका छन् । कोरोना संक्रमण फैलन नदिन दुवै देशले सीमामा आउजाउ बन्द गराएका छन् ।

प्रकाशित : चैत्र २१, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?