१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना संक्रमणको त्रास : प्रशासनद्वारा अन्तर जिल्ला प्रवेशमा रोक

विदेशबाट आउने बढे, क्वारेन्टाइनमा बढेनन्
रासस

तनहुँ — जिल्ला प्रशासन कार्यालयले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा रोक लगाएको  छ । सवारी पास लिनेको संख्या बढ्दै गएको र लकडाउनको समेत उल्लंघन भएकाले पास वितरणमा पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमणको त्रास : प्रशासनद्वारा अन्तर जिल्ला प्रवेशमा रोक

तनहुँमा बुधबारसम्म ६२२ जनाले सवारी पास लिएको जनाइएको छ । बिरामी, कर्मचारी, खाद्यान्‍न र तरकारी बोक्ने गाडी तथा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधनलाई निर्बाध चल्न दिइएको प्रशासन कार्यालयले जनाएको छ ।

विदेशबाट आउने बढे, क्वारेन्टाइनमा बढेनन्

तनहुँमा रहेका दश वटै पालिका र तिनका मातहतमा रहेका वडास्तरमा समेत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा क्वारेन्टाइन र आइसोलेशन वार्ड स्थापना गरिएको छ ।

यसैबीच तनहुँमा विदेशबाट आउने दैनिक बढे पनि क्वारेन्टाइनमा बस्ने भने बढ्न सकेका छैनन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिकामा गरी हालसम्म संकलन गरिएको तथ्यांकअनुसार ६ सय ८७ जना विभिन्न देशबाट घर फर्किएका भेटिएको तर क्वारेन्टाइनमा बस्नेको संख्या नबढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

घर घरमा तरकारी आपूर्ति

व्यास–३ वडा कार्यालयले लक डाउनको अवधिभर वडाका घरघरमा तरकारी आपूर्ति गर्ने भएको छ । वडाध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार वडाभित्र रहेका ८ वटा टोल विकास संस्थाका पदाधिकारीसहितको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

लक डाउनको शुरुआतदेखि नै सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गर्ने विषयमा चरम लापरवाही भएकाले तरकारी पसल बन्द गरी टोलटोल र घरघरमा तरकारी उपलब्ध गराउने निर्णय भएको वडा सदस्य रवीन पौडेलले जानकारी दिए ।

प्रकाशित : चैत्र २१, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?