२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

तरकारी पसल बन्द 

काठमाडौँ — व्यास नगरपालिका–३ स्थित तरकारी पसलहरु बिहीबारदेखि बन्द गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रण गर्न लागू गरिएको लकडाउन अवधिमा खुल्ला रहने भनिएका तरकारी पसलहरुमा लापरवाही भएकाले पसल बन्द गर्ने निर्णय गरिएको हो । 

तरकारी बिक्री वितरणमा सुरक्षा, सतर्कता र सामाजिक दूरी कायम गर्ने विषयमा चरम लापरवाही भएको हुँदा लकडाउन अवधिभर तरकारी पसल बन्द गरिने भएको वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए ।


जिल्ला प्रशासनका अनुसार बिहान ६ बजेदेखि १० र साँझ ४ देखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न पसल खुल्ला गर्ने निर्णय बमोजिम तरकारी पसल खुल्ला रहँदै आएको थियो ।


‘पसलहरुमा सामाजिक दुरी कायम गरी आ–आफ्नो पालोमा तरकारी लिने भनिएता पनि पालना भएन’, उनले भने, ‘अब उपभोक्तालाई तरकारी उपलब्ध गराउन जिल्लाभित्रको उत्पादन ट्रकमा राखेर टोल टोलमा र घरघरमा आपूर्ति गरिनेछ । लकडाउन अवधिभरी तरकारी पसल भने बन्द रहनेछन् ।’


यस्तै, व्यास–३ स्थित शवदाहघाटमा मलामी जाँदा संख्या कम र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ । वडा कार्यालयले दैनिक ज्यालामजदुरी गरी छाक टार्ने व्यक्तिहरुलाई खाद्यान्न वितरण गर्नका लागि टोल विकास संस्थामार्फत् विवरण संकलन पनि सुरु गरिएको उनले बताए ।


प्रकाशित : चैत्र २०, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?