पोखरामा पनि कोरोना भाइरसको नमुना परीक्षण हुने

पीसीआर मेसिनसहितका सामान र प्राविधिक आइपुगे
दीपक परियार

पोखरा — कोरोना भाइरस (कोभिड–१९) को परीक्षण पोखरामै हुने भएको छ। शंकास्पद बिरामीको स्वाब परीक्षण गर्ने पीसीआर मेसिनसहितका सामान मंगलबार पोखरा आइपुगेको हो।

पोखरामा पनि कोरोना भाइरसको नमुना परीक्षण हुने

काठमाडौंदेखि हेलिकप्टरमार्फत ल्याइएको उक्त मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखिएको छ। बिरामीको नमुना संकलनका लागि आवश्यक किट, रसायन पनि ल्याइएको छ। केही प्राविधिक समेत पोखरा आएका छन्। मंगलबारदेखि नै संकलित नमुना परीक्षण गर्न सुरु गर्ने प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए। पोखरामा सुरुआत भएपछि नमुना परीक्षणको संख्या बढाइने उनको भनाइ छ।

चीनबाट प्राप्त सामग्रीसमेत पोखरा आइपुगेको छ। १ हजार थान पीपीई सेट, २० हजार थान मास्क, २० हजार थान पन्जा, ४ सय थान एन९५ मास्क, १० थान इन्फ्रारेड थर्मोमिटर र १ सेट पोर्टेबल भेन्टिलेटर गण्डकी प्रदेशका लागि आएको हो।

प्रदेशमा हालसम्म ४३ वटा नमुना संकलन भएकोमा बागलुङका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हालसमम २० जनाको नेगेटिभ नतिजा आएको छ भने २२ को नजिता आउन बाँकी छ।

प्रकाशित : चैत्र १८, २०७६ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?