कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘लकडाउन’ उल्लंघन गर्नेलाई खुला चौरमा सचेतना कक्षा

सम्झना रसाइली

(तनहुँ) — ‘लकडाउन’ को उल्लंघन गरी अनावश्यक रुपमा घरबाहिर निस्केका ६० जनालाई तनहुँमा कारबाहीस्वरुप एक घण्टा खुल्ला चौरमा राखिएको छ । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन सरकारले गत मंगलबारदेखि देशभर लकडाउनको घोषणा गरेको हो ।

‘लकडाउन’ उल्लंघन गर्नेलाई खुला चौरमा सचेतना कक्षा

तनहुँ प्रहरीका डीएसपी लिलाराज लामिछानेका अनुसार सोमबार दमौली बजार क्षेत्र, राजमार्ग तथा भित्री सडकहरुमा बिनाकाममा हिँड्ने युवायुवती, मजदुरहरुलाई नियन्त्रणमा लिई अनसन चौतारीस्थित खुलामैदानमा एक/एक घण्टा राखेर सचेतनामूलक कक्षा सञ्चालन गरिएको हो । यस्तो कार्यलाई लकडाउन अवधिभर प्रभावकारी रुपमा अगाडि बढाउने योजना बनाइएको उनले बताए ।


‘नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ, यस्तो अवस्थामा पनि लकडाउनको उल्लंघन गरी बिनाकाममा घर बाहिर निस्कने, सवारी साधन चलाउने जस्ता कार्यले गर्दा यस्तो गर्न बाँध्य भएका हौं,’ उनले भने, ‘एक जनाको लापरबाहीले घर, परिवार, समाज हुँदै मुलुक नै संक्रमणको चपेटामा आउने खतरा हुन्छ ।’ नबुझेर यस्तो कार्य गरेको हुनसक्छ भन्ने लागेर सचेतनामूलक कक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।


प्रकाशित : चैत्र १७, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?