३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुई नगरपालिकामा तयार भए ६८ क्‍वारेन्टाइन

हरिराम उप्रेती

गोरखा — पालुङटार र गोरखा नगरपालिकामा सामूहिक क्वारेन्टाइनस्थल तयार भएका छन् । गोरखा नगरपालिका–१० टक्सारस्थित मनकामना वहिरा आवासीय माविमा ५० वेड क्षमताका क्वारेन्टाइन बनाइएको हो । 

दुई नगरपालिकामा तयार भए ६८ क्‍वारेन्टाइन

गोरखा नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी दुई दिनमा सुविधा सम्पन्‍न क्‍वारेन्टाइन निर्माण गरेको छ । खाना, खाजाको व्यवस्थासहित सुविधा सम्पन्‍न क्‍वारेन्टाइनस्थल निर्माण भएको गोरखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वरी रेग्मीले बताए ।


पालुङटार नगरपालिका–५ धरमपानीको धर्मावति प्राविमा पनि १८ वेड क्षमताको क्वारेन्टाइन निर्माण भएको छ । ‘वेडहरु तयार गरिसक्यौँ, तातोपानी चिसोपानीको पानी लगायत आधारभूत रुपमा चाहिने सबै चिजको व्यवस्थापन गरेका छौँ,’स्वास्थ्य शाखाका कर्मचारी दिपेन्द्र गिरीले भने ।


आपपीपिपल अस्पतालमा चार वेडको आइसोलेसन वार्ड तयार भइसकेको उनले बताए । शंकास्पद बिरामी भेटिए क्वारेन्टाइनमा राख्ने योजना बनाइएको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?