प्रशासनमा पास लिनेको भीड, एकैदिन ४०० पास वितरण

प्रतीक्षा काफ्ले

गण्डकी — लकडाउन घोषणासँगै विभिन्न विकास आयोजनाहरूमा अलपत्र परेका कामदारलाई आ–आफ्नो घर फर्काउनका लागि भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार मात्रै चार सयवटा सवारीसाधन पास वितरण गरेको छ । यसअघि पनि कार्यालयले पास वितरण गरिरहेको थियो ।

प्रशासनमा पास लिनेको भीड, एकैदिन ४०० पास वितरण

आइतबार पाँच सयभन्दा बढी कामदार घर फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।


‘कतिपय कामदार सम्पर्कमा आएका छैनन्,’ उनले भने, ‘उनीहरूको खोजी भइरहेको छ । सम्पर्कमा ल्याएर घर पठाउँछौं ।’ लकडाउनको छैटौं दिनसम्म जिल्ला प्रशासन कार्यालय कास्कीले एक हजारभन्दा बढी सवारी साधनको पास वितरण गरेको सूचना अधिकारी पौडेलले बताए । प्रशासनका अनुसार पास व्यक्तिगत र कार्यालय प्रयोजनका लागि वितरण गरिएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?