कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विदेशबाट आएका धमाधम क्वारेन्टाइनमा

स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा विदेशी नागरिकसमेत छन्।
आश गुरुङ

लमजुङ — कोरोना संक्रमण फैलिएका खाडी मुलुक, भारत तथा अन्य देशबाट आएकालाई धमाधम क्वारेन्टाइनमा राख्न थालिएको छ। स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा विदेशीसमेत छन्।

विदेशबाट आएका धमाधम क्वारेन्टाइनमा

मर्स्याङ्दी गाउँपालिका-५, घेर्मुसुथित आमा समूहको सामुदायिक भवनमा २ जना जर्मन नागरिक क्वारेन्टाइनमा बसेका छन्। अर्का एक विदेशी पनि गंगामिलन माविको क्वारेन्टाइनमा बसेका स्थानीय खड्ग गुरुङले बताए। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले विदेशबाट आएकालाई खोजीखोजी क्वारेन्टाइनमा राख्न थालिएको जानकारी दिए।

जिल्लामा गठित क्वीक रेस्पोन्स टिम (क्यूआरटी) का अनुसार क्व्होलासोंथ गाउँपालिका-८ घाम्राङबेंसीको चन्द्रोदय आधारभूत विद्यालयमा दुबईबाट आएका एक युवासहित ५ जनाको परिवार नै क्वारेन्टाइनमा बसेका न्। वडा नं. ९ को टक्सारस्थित थल्जुकन्या आधारभूत विद्यालयमा दुबईबाटै आएका अर्का व्यक्तिसहित ८ जनाको परिवार क्वारेन्टाइनमा छन्। भारतबाट आएका स्थानीयका परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं क्यूआरटी संयोजक अनिलकुमार शाहीका अनुसार चैत ६ गते दुबईको शारजाहबाट एयर अरेबियाको जहाज चढेर चैत ६ गते आएका ४ जना पनि क्वारेन्टाइनमा छन्।

मजुङमा शनिबारसम्म ७ सय ८५ वटा क्वारेन्टाइन तयार गरिएको छ। क्व्होलासोंथर गाउँपालिकाले सबैभन्दा बढी ४ सय ३७ बेडको क्वारेन्टाइन बनाएको छ। बेंसीसहर नगरपालिकाले १ सय ६०, सुन्दरबजार नगरपालिकाले १ सय ३४, मध्यनेपाल नगरपालिकाले ३४, राइनास नगरपालिका र दोर्दी गाउँपालिकाले १०/१० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेका छन्।

कोरोना संक्रमण फैलिएका खाडी मुलुक, भारत तथा अन्य देशबाट आएकालाई धमाधम क्वारेन्टाइनमा राख्न थालिएको छ। स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा विदेशीसमेत छन्।

प्रकाशित : चैत्र १५, २०७६ २३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?