पेस्तोल पड्किँदा प्रहरी हवलदारको मृत्यु 

प्रतीक्षा काफ्ले

(स्याङ्जा) — स्याङ्जाको हरिनास गाउँपालिकास्थित रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार रविन्द्र पौडेलको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

पेस्तोल पड्किँदा प्रहरी हवलदारको मृत्यु 

दिनभरीको डियुटीपश्चात् हतियार थन्काउने क्रममा अचानक पड्किँदा घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । प्रजिअ कुरुम्वाङका अनुसार घाइते पौडेललाई उपचारको लागि मणिपाल अस्पताल पोखरा ल्याइएको थियो ।


गोली लागेको दुई घण्टापछि डाक्टरले उनलाई मृत्यु भएको घोषण गरेको हो । पौडेल चिसापानी इलाका प्रहरी कार्यालयमा नै चालकको रुपमा काम गर्दै आएका थिए । आफैंले बोकेको पेस्तोल आफैं पड्किएको हो वा पड्काइएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ कुरुम्बाङले बताए ।


प्रकाशित : चैत्र १४, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?