१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लकडाउनको असर : बागलुङमा खानेपानीका १४ मजदुर अलपत्र

प्रकाश बराल

(बागलुङ) — जिल्लामा नगरखानेपानीको लिफ्टिङ आयोजनामा काम गर्ने १४ मजदुर अलपत्र परेका छन् । 

कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले मंगलबारदेखि लकडाउन गरेपछि कामदारहरु भोकै परेका हुन् । उनीहरुले घरजाने व्यवस्थापन वा खानेबस्ने व्यवस्थापन मिलाइदिन आयोजनामा आग्रह गरेका छन् । ‘काम ठप्प भयो, पाउनुपर्ने रकम पनि पाएका छैनौं’, मजदुर प्रेमबहादुर शाहीले भने,‘असोजदेखि काम गरिरहेका छौं, केही समयको ज्याला पाउन बाँकी छ ।’


उनीहरु आयोजना स्थलमै पाल टाँगेर बस्ने गर्थे । बानपा ३ कैलमपोखरी र रातमाटामा उनीहर बस्दै आएका थिए । यहाँको काठेखोलाबाट रातमाटा हुँदै भीरलाँकुरीमा पानी लिफ्ट गरेर बजारवासीलाई वितरण गर्ने योजनाको तीनवटा साइटमा काम भएको थियो । काम गर्नेमध्ये केही स्थानीय थिए भने १४ जना जाजरकोटका थिए ।


जयमाता कन्काइ जेबी निर्माण कम्पनीले आयोजनाको कामको जिम्मा लिएको थियो । कम्पनीका साइट इन्चार्ज गौतम भुसालले खानेबस्ने व्यवस्था मिलाउने बताए ।


बागलुङ उद्योग वाणिज्य संघले उनीहरुलाई तत्कालका लागि खानका लागि खाद्यान्न जोहो गराउने महासचिव नरेश कँडेलले बताए । संघले अलपत्र परेकाहरुलाई नि:शुल्क खाना खुवाउने व्यवस्थापन गरिरहेको छ ।


प्रकाशित : चैत्र १४, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?