१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लकडाउन अवज्ञा गरी चलाइएको मोटरसाइकल दुर्घटना, १ को मृत्यु, २ सख्त घाइते

नारायण शर्मा

नवलपरासी — मध्यविन्दु नगरपालिकाको अम्रसामा लकडाउनको अवज्ञा गरी चलाइएको मोटरसाइकल दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । उनीहरु एउटै मोटरसाइकलमा चढेका थिए ।

लकडाउन अवज्ञा गरी चलाइएको मोटरसाइकल दुर्घटना, १ को मृत्यु, २ सख्त घाइते

चोरमारा बजारबाट अम्रसा गाउँतिर जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा भोजबहादुर महतोको मृत्यु भएको हो । प्रहरी कार्यालय चोरमाराका अनुसार घाइते हुनेमा बुद्धिराम महतो र चालक यमबहादुर पौडेलको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।


भोजबहादुरको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनायो ।


कोरोना भाइरस (कोभिड १९) संभावित संक्रमण रोक्‍न सरकारले मंगलबारदेखि लागू हुने गरी एकसाता देशव्यापी रुपमा लकडाउन गरेको छ ।

प्रकाशित : चैत्र १४, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?