११६ शय्याको क्‍वारेन्टाइन तयार- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११६ शय्याको क्‍वारेन्टाइन तयार

नारायण शर्मा

नवलपरासी — मध्यविन्दु नगरपालिकामा दुई दिनको अवधिमा १ सय १६ शय्याका क्‍वारेन्टाइन तयार पारिएको छ । नगरपालिकाको आकस्मिक बैठकले १५ वटै वडामा क्‍वारेन्टाइन निर्माण गर्ने निर्णय गरेअनुसार नगरभित्र १ सय १६ शय्याका क्‍वारेन्टाइन तयार पारिएको नगर प्रमुख चन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार विभिन्न संघ संस्था, सामुदायिक वन, विद्यालयहरुको सहयोगमा दुई दिनमा नै प्रत्येक वडाहरुमा क्‍वारेन्टाइन निर्माण गरिएको हो । नगरप्रमुख रानाका अनुसार


  • नवज्योति आवि पतबारीमा ५ शय्या
  • कुमारवर्ती मावि कोल्हुवामा ६ शय्या,
  • जनता सिद्ध मावि लुसलहरीमा ४ शय्या
  • विन्देश्वरी आवि बाघखोरमा ६ शय्या
  • दुर्गा आवि टाडीमा ४ शय्या
  • जनता मावि हर्दियामा ६ शय्या
  • लक्ष्मी आदर्श आवि अम्रसामा ६ शय्या
  • लोहासेधारा आवि भागरामा ६ शय्या
  • ज्ञानज्योति आविमा ६ शय्या
  • लोकसेवा मावि वसन्तपुरमा ८ शय्या
  • नवजागरण बहुमुखी क्याम्पस चोरमारामा १० शय्या
  • वडा कार्यलय भवनको सभाहल अरुणखोलामा ७ शय्या
  • अरुणखोला वहुमुखी क्यापस बुद्धचोकमा १० शय्या
  • यादव मावि तमासपुरमा ८ शय्या
  • खोप केन्द्र भवन कोटथरमा २ शय्या
  • खोप केन्द्र भवन मगरसिङ्गामा २ शय्या
  • ज्ञानोदय मावि हर्वासटारमा २० शय्या


प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा ५ शय्याको आइसोलेसन वार्ड यसअघि नै तयार पारिएको थियो ।

प्रकाशित : चैत्र १३, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुलीमा १०३ शय्याको क्‍वारेन्टाइन तयार

हरेक वडामा कोरोना नियन्त्रण तथा रोकथाम समिति
राजकुमार कार्की

सिन्धुली — कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका प्रत्येक स्थानीय तहमा वडास्तरीय समिति बनाउन सुरु भएको छ ।

कमलामाइ नगरपालिकाबाट सुरु भएको समिति निर्माणको काम ९ वटै स्थानीय तहका ७९ वटा वडामा हुनेछ । प्रजिअ योगेन्द्रप्रसाद पण्डेका अनुसार समितिले अन्यत्रबाट हालसालै घर फर्किएका तथा आफ्नो वडामा भम्रण गर्ने नयाँ व्यक्तिको नाम, थर, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण संकलन गर्नेछ ।

विवरण संकलन र स्वास्थ्य सम्बन्धी परामर्श गर्नका लागि स्थानीय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने र विवरण संकलन गरिएका त्यस्ता व्यक्तिलाई स्थानीय तहले बनाएको भए क्वारेन्टाईनमा नभए होम क्वारेन्टाईनमा राखिने प्रजिअ पाण्डेको भनाइ छ ।

कमलामाई नगरपालिकाले ३० ओटा पीपीई सेट वितरण गरेको छ । यस्तै,जिल्ला अस्पताललाई १०,सेनालाई ५, प्रहरीलाई ५,सशस्त्रलाई ५ सेट पीपीई वितरण गरिएको छ । यसैबीच बिहीबारसम्म सिन्धुलीमा १०३ वटा क्वारेन्टाइन शय्या निर्माण भएका छन् ।

जिल्लाका ९ वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण भइरहेका छन् । आइसोलेसन कक्ष जिल्ला भरिमा १४ वटा निर्माण भएका छन् । कमलामाइमा ३९ वटा क्वारेन्टाइन ३ वटा आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×