१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बास नपाएर अलपत्र चिनियाँ पर्यटकको उद्धार

म्याग्दी — बास नपाएर अलपत्र परेका दुईजना चिनियाँ पर्यटकलाई रघुगंगा गाउँपालिका-१ बेगबाट प्रहरीले उद्धार गरी सदरमुकाम बेनीमा ल्याएको छ ।

दुई महिनादेखि नेपाल भ्रमणमा रहेका दुई चिनियाँ पर्यटक बेनी–जोमसोम सडकको १५ किलोमिटरमाथि बेगखोलाबाट माथि रहेको बेग गाउँमा पुगेका थिए । चैत १० गते स्थानीय खाजा घरमा आफ्नो पहिचान सहित बास बसेका चिनियाँ पर्यटक मंगलबार गाउँ निक्लेपछि स्थानीय त्रसित भइ रघुगंगा गाउँपालिका–२ भगवतीस्थित प्रहरी चौकीलाई खबर गरेका थिए ।


चीन महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ को उद्गमस्थल भएकोले चिनियाँ पर्यटकदेखि स्थानीय त्रसित भएका हुन् । कोरना संक्रमण रोक्न नेपाल सरकारले देशभर लकडाउन गरेपछि यातायातका साधन नचलेको र स्थानीयले बास बस्न नदिँदा अलपत्र परेका चिनियाँ पर्यटकलाई प्रहरीले बुधबार उद्धार गरी सदरमुकाम ल्याएर एक होटलमा सुरक्षित बस्ने व्यवस्था मिलाएको हो ।

‘कोरनाको उद्गम थलो चीन भएकोले चिनियाँ पर्यटक भन्ने बित्तिकै स्थानीय डराएर प्रहरीलाई खबर गरेकोले हामीले बुधबार उनीहरुको उद्धार गरी बेनी ल्याएका हौं । उनीहरु होटलमा सुरक्षित गरिएको छ,’ प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले भने, ‘दुई महिनादेखि नेपालमा रहेका उनीहरु स्वस्थ्य छन, उनीहरु कोरोना संक्रमित होइनन् । डराउनु पर्दैन ।’

प्रकाशित : चैत्र १३, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?