पोखरामा कीटनाशक औषधि छर्न सुरु

दीपक परियार

(पोखरा) — पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा ‘डिसइन्फेक्सन स्प्रे’ (कीटनाशक औषधि) छर्कन सुरु गरेको छ । महानगरको बिहीबार न्युरोडस्थित कार्यालयबाट औषधि छर्न सुरु गरिएको हो ।

पोखरामा कीटनाशक औषधि छर्न सुरु

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले औषधि छर्ने अभियान सुरु गरे । कोरोना भाइरस संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन कीटनाशक औषधि छर्न सुरु गरिएको नगर प्रमुख जीसीले बताए । उनले महानगर क्षेत्रका भीडभाड हुने ठाउँ, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालयलगायत स्थानमा औषधि छरिने बताए ।

उनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रण अभियानमा सघाउन महानगरवासीसँग आग्रह गरेका छन् । महानगरमा पहिलो चरणमा १ सय लिटर कीटनाशक औषधि ल्याइ छर्ने काम सुरु गरिएको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए । उनका अनुसार महानगरका मुख्यमुख्य स्थानमा औषधि छरिनेछ ।

प्रकाशित : चैत्र १३, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?