३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लमजुङ कालिकामा पूजा र बलि रोकियो

आश गुरुङ

(लमजुङ) — शाहबंशीय राजा यशोब्रम्ह शाहले स्थापना गरेको लमजुङ कालिका मन्दिरमा यस वर्ष चैतेदसैंमा नागरिकले गर्ने पूजापाठ र बलि रोकिएको छ ।

लमजुङ कालिकामा पूजा र बलि रोकियो

कालिका मन्दिरको दरबार क्षेत्रमा चैते दसैंका दिन ठूलो मेला लाग्ने गरिएकोमा पहिलोपटक यस वर्ष मेलासमेत नहुने भएको हो । बडादसैंमा भन्दा चैते दसैंमा अझ ठूलो मेला लाग्ने लमजुङ कालिकामा बर्सेनि तामझामका साथ पूजापाठ, बली र मेला आयोजना गरिन्थ्यो । बेंसीसहर नगरपालिका ३, गाउँसहरको लमजुङ कालिका मन्दिर ५ सय वर्ष पुरानो मानिन्छ । नियमित पूजापाठ भने केही पूजारीले गर्दै आएका छन् ।


वि.सं. १५५० मा कास्कीबाट ल्याइएका राजा यशोब्रम्ह शाहले गाउँसहर दरबारसँगै कूलपूजाका लागि कालिका मन्दिर स्थापना गरेको इतिहासमा उल्लेख छ । तिनै कालिकालाई भूमिसुधार मन्त्रालय अन्तरगतको गुठी संस्थानले मालपोत कार्यालयमार्फत बर्सेनि बलि चढाउादै आएको छ । पहिले जिल्ला प्रशासन कार्यालय मार्फत पूजा गराउँदै आएकोमा देशमा राजा हटेपछि मालपोत कार्यालयमार्फत हुँदै आएको छ ।


मन्दिरका मूल पुरोहित माधव प्रसाद बरालका अनुसार मन्दिरमा जो कसैलाई पनि आउन प्रतिबन्ध लगाइएको छ । सुसारे र बाजागाजा बनाउनेलाई समेत मन्दिर आगमनमा रोक लगाइएको छ । उनका अनुसार उदिपुर कालिका र पुरानकोट गढीमा पनि पूजापाठ तथा मेला राएिको बताए । नियमित पूजापाठअन्तर्गत बुधबार प्रतिपदादेखि सरकारी बलि दिने कार्यक्रम सुरु भएको उनले बताए ।


चैत्राष्टमीसम्म १९ वटा बोका, २ वटा राागा, एउटा भेडा, एउटा सुंगुर बली दिइने उनले बताए ।


कोरोना भाइरस (कोभिड १९) बाट जोगिन र यसको रोकथामका लागि सरकारी निर्णयअनुरुप कालिका मन्दिरमा यस वर्ष पूजापाठ, बलि र मेला रोकिएको वडाअध्यक्ष सूर्यकुमार श्रेष्ठले बताए ।


काउलेपानीमा पनि रोकियो पूजा

कालिका मन्दिर लमजुङ दरबार नजिकै काउलेपानीमा रहेको काउलेपानी देवी मन्दिरमा पनि श्रद्धालु भक्तजनलाई रोक लगाएको छ । पूजापाठ पनि रोकिएको छ ।


विश्वव्यापी कोरोना संक्रमण फैलिएपछि सतर्कता अपनाउन पूजा स्थगित गरिएको काउलेपानी होमस्टे तथा पर्यटन विकास समिति सचिव जगत गुरुङले बताए ।

प्रकाशित : चैत्र १३, २०७६ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?