कोरोना रोकथामका लागि गण्डकी सरकारको १५ करोडको कोष

लालप्रसाद शर्मा

पोखरा — कोभिड–१९ (कोरोना भाइरस) रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले १५ करोड रुपैयाँको कोष स्थापना गरेको छ । 

प्रदेश मन्त्रीपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गर्दै सहयोगका लागि सबै पक्षसँग आग्रह पनि गरेको छ ।


मन्त्रिपरिषदका प्रवक्ता भौतिक पूर्वाधार बिकासमन्त्री रामशरण बस्नेतका अनुसार उक्त कोषमा मुख्यमन्त्री र सातै मन्त्रीले एक महिनाको तलब दिने निर्णय पनि भएको छ । ‘राष्ट्रिय बाणिज्य बैंकमा खाता संचालन हुनेछ,’ उनले भने, ‘कोषमा सहयोग गरी प्रदेश सरकारको अभियानमा हातेमालो गर्न निर्वाचित जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, संघसंस्थासँग आग्रह पनि गर्छौं ।’


यसैगरी मन्त्रीपरिषद् बैठकले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार बिकासमन्त्री रामशरण बस्नेत, सामाजिक बिकासमन्त्री नरदेवी पुनमगर र प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहेको कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समिति गठन गरेको छ ।


समितिले बुधबारैदेखि काम थालेको छ । यस्तै सबै जिल्ला अस्पताललाई कोरोना रोकथामका लागिमात्रै भनेर यसअघि जनही ५ लाख पठाइएकोमा थप ५ लाखका दरले पठाउने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ । उक्त रकम कोरोना नियन्त्रणमामात्रै खर्च गर्नुपर्नेछ । प्रकाशित : चैत्र १२, २०७६ १९:१५

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतमा एक पत्रकारलाई कोरोना संक्रमण

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा एक पत्रकारमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । मध्यप्रदेश राज्यको राजधानी भोपालका स्थानीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको भारती सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

ती पत्रकारलाई आफ्नै छोरीबाट संक्रमण भएको आशंका गरिएको छ । उनकी छोरीलाई यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । पत्रकारकी छोरी केही दिनअघि मात्र बेलायतबाट फर्केकी थिइन् । संक्रमण पुष्टि भएपछि पत्रकारको पुरै परिवारलाई क्‍वारान्टाइनमा राखिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।
कोरोना पुष्टि भएका ती पत्रकार केही दिनअघि मध्यप्रदेशका पूर्वमुख्यमन्त्री कमलनाथले डाकेको पत्रकार सम्मेलनमा उपस्थिति थिए । ती पत्रकारमा संक्रमण पुष्टि भएसँगै उक्त पत्रकार सम्मेलनका बेला उनीको सम्पर्कमा आएका सबैलाई क्‍वारान्टाइनमा बस्न भनिएको छ । उक्त सम्मेलनमा कमलनाथ सरकारका मन्त्रीहरुको पनि उपस्थिति थियो । मध्यप्रदेशका प्रभावशाली नेता ज्योतिरआदित्य सिन्धियासँगै अन्य २२ जना विधायकले पार्टी परित्याग गरेपछि कमलनाथ नेतृत्वको भारतीय राष्ट्रिय कांग्रेसको संकटमा परेको थियो । र, त्यसपछि कमलनाथ राजिनामा दिनु बाध्य भएका थिए । मुख्यमन्त्री कमलनाथले सोही पत्रकार सम्मेलनमा पदबाट राजिनामा दिने घोषणा गरेका थिए ।

मध्यप्रदेशमा हालसम्म १५ जनामा कोरोनाको संक्रमण देखिएको छ । भारतमा भने हालसम्म ५६२ जनामा कोरोना कीटाणुको संक्रमण पुष्टि भएको छ । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १९:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×