कावासोतीमा २० आइसोलेसन शय्या

कान्तिपुर संवाददाता

नवलपरासी — पूर्वी नवलपरासीको कावासोतीमा २० आइसोलेसन शय्याको तयार भएको छ । यसअघि अनमी र सीएमए पढाइ हुने निजी शैक्षिक गुठीको भवनमा २० शय्याको आइसोलेसन वार्ड तयार गरिएको हो ।

कावासोती नगरपालिका वडा नम्बर ३ को गुम्बाचोकमा रहेको गुठीको भवनमा नगरपालिकालेआइसोलेसनबनाएको हो ।


जिल्ला प्रशासनको समन्वयमाआइसोलेसन वार्ड तयार गरिएको हो ।


वैदेशिक रोजगारीवाट फर्किएका वा गाउँकै कसैलाई कोरोना संक्रमण वा त्यस्तै लक्षण देखिएमा त्यहाँ राख्ने व्यवस्था मिलाइएको छ ।


प्रकाशित : चैत्र १२, २०७६ १६:४३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सभामुख, उपसभामुख र सांसदहरुद्वारा कोरोना कोषमा तलब सहयोग

देवनारायण साह

(मोरङ) — प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड १९) विशेष कोषमा एक महिनाको तलब सुविधा बुधबार प्रदान गरेका छन् । दुबै जनाले एक महिनाको सम्पूर्ण सेवा सुविधा १ लाख २१ हजार ५ सय ६० रुपैयाँ कोषमा दाखिला गरेको प्रदेश १ सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । 




यस्तै, सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका प्रदेश सांसदहरुले आधा महिनाको तलब उक्त कोषमा प्रदान गर्ने निर्णय गरेको पराजुलीले बताए। सत्तारुढ दलका ६७ र कांग्रेसका २१ जना सांसदले आधा महिनाको तलब कोषमा दिने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो। कोषमा सरकारले ५० करोड सुरु पुँजी राख्ने बताएको थियो। कोषमा रकम जम्ममा गर्न सरकारी तथा गैरसरकारी व्यक्ति, संघसंस्थासँग सहयोग आह्वान गरिएको छ।

प्रकाशित : चैत्र १२, २०७६ १६:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×