कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कावासोतीमा लकडाउन अवज्ञा गर्ने १ सय ६१ वटा ट्रक नियन्त्रणमा

नवलपरासी — कोरोना भाइरस ( कोभिड १९) को संक्रमणबाट नागरिक जोगाउन सरकारले मंगलबारदेखि लागू गरेको लकडाउन अवज्ञा गरेको भन्दै प्रहरीले १ सय ६१ वटा ट्रकलाई पूर्वपश्चिम राजमार्ग सडकखण्‍डमा पर्ने कावासोतीमा नियन्‍त्रणमा लिएको छ ।

कावासोतीमा लकडाउन अवज्ञा गर्ने १ सय ६१ वटा ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालयका एसपी दीपेन्द्र रेग्मीका अनुसार सरकरको आदेश अटेर गरेर कुदाइएका ती ट्रकलाई कावासोतीको राजमार्गमा मै रोकिएको छ । मंगलबार दिउँसो सवा ११ बजेपछि ती ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीलाई चालकलाई सचेत गराएर छाड्ने तयारी गरेको छ ।


लकडाउन भएपनि मंगलबार बजार निस्कने र दौडधुप गर्नेको संख्या बाक्लो देखिएको छ । प्रहरीको आग्रहलाई वेवास्ता गर्दै जिल्लामा मोटरसाइकल धेरै कुदिरहेका छन् ।


पूर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले काम नभइकन सडकमा हिँडेको देखिएको कारबाही गर्ने चेतावनी दिएका छन् ।


लकडाउनसँगै जिल्लाका सडकमा ठूलो संख्यामा प्रहरी खटिएका छन् । उनीहरुले मुखमा मास्क, हातमा पञ्जा लगाएर ड्युटीमा खटिएका हुन् ।

प्रकाशित : चैत्र ११, २०७६ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?