कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बागलुङका सरकारी र सार्वजनिक भवनमा आइसोलेसन वार्ड बनाइने

प्रकाश बराल

बागलुङ — जिल्ला विपद व्यवस्थापन समितिले बागलुङले मंगलबारदेखि दूध, खानेपानी, सुरक्षाकर्मी, पेट्रोलियम पदार्थ, एम्बुलेन्स र अन्य अत्यावस्यक सेवाका सवारी बाहेक अन्यलाई गुड्न नदिने निर्णय गरेको छ । 

सोमबारको बैठकपछि प्रशासनले जारी गरेको विज्ञप्तीमा आत्यावस्यक बाहेकका सवारी गुडेमा कानून अनुसार कारवाही गर्ने निर्णय पनि गरेको हो ।


सोमबारको बैठकले विभिन्न कार्यालयलाई आइसोलेसन वार्ड बनाउन सकिने व्यवस्था पनि गरेको छ ।


शिक्षा विकास तथा समन्वय इकाईमा १५ बेड, बागलुङ नगरपालिकामा १६ बेड, जिल्ला हुलाक कार्यालयमा १२ बेड र पुरानो भेटेनरीमा ६ बेड राख्न सकिने गरी व्यवस्थापन थालेको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताए ।


कृषि सामाग्री संस्थान, कवर्डहलहरु जस्ता सार्वजनिक महत्वका भवनलाई पनि आइसोलेसन वार्डमा विकास गर्न तयारी थालिने गरी निर्णय गरिएको बताइएको छ ।


होटल, अन्य सार्वजनिक भवन, निजी तथा सार्वजनिक क्याम्पस समेतमा पूर्वाधार बनाउन थालिने गरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई जिम्मा दिने निर्णय गरिएको हो ।

प्रकाशित : चैत्र १०, २०७६ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?