१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

तीन पालिका जोड्ने चक्रपथ कालोपत्र हुँदै

बागलुङ — जिल्लाका तीन पालिका समेट्ने चक्रपथको स्तरोन्नति थालिएको छ । कम्तीमा नौ मिटर चौडा गरेर गलकोट– ताराखोला सडक कालोपत्रसमेत गर्न लागिएको हो । 

तीन पालिका जोड्ने चक्रपथ कालोपत्र हुँदै

ताराखोला गाउँपालिकालाई केन्द्र बनाएर काठेखोला गाउँपालिका र गलकोट नगरपालिका समेट्नेगरी गतवर्ष चक्रपथको रेखांकन भएको थियो । गण्डकी सरकारले चालुवर्ष ४० करोड रुपैयाँ लगानी गरेको छ । ‘चालुवर्ष गलकोट–६ को ठूलोगाउँदेखि ताराखोलाको साँदीसम्म १२ किमी कालोपत्र हुनेछ,’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘डीपीआर गरेर मात्र लगानी भित्र्याएकोले सडक दिगो हुनेछ ।’ चक्रपथको गत वर्षै डीपीआर बनाइएको थियो । बहुवर्षे योजनामा समेटेकोले हरेक वर्ष कालोपत्रको काम अगाडि बढ्नेछ ।


चक्रपथको काठेखोला–५ रिजालचोकदेखि ताराखोला–१ र २ तर्फको सहिद मार्ग सुधारको काम भइरहेको छ । घर्तीले भने, ‘यो सडकको पूर्वाधार पनि आगामी वर्ष कालोपत्र हुनेगरी निर्माण गरिएको छ ।’ प्रदेश र गाउँपालकाले संयुक्त लगानी गर्नेगरी समपूरक कोषमार्फत ताराखोलादेखि सीप जाने सडकमा ५ करोड रुपैयाँ माग गरिएको छ । वडा नं. १ को माझखर्कतर्फको सडक स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ लगानी भएको छ । समपूरक कोषमा वडा नं. ३ को घुस्मेली हुँदै भातखाने डाँडातर्फ १ करोड माग भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए ।

द्वन्द्वको समयमा श्रमदानबाट खनिएको रिजालचोकदेखि ताराखोला सडकलाई सहिद मार्ग नामकरण भएको थियो । यो सडक पनि चौडा पारिँदै छ । ताराखोलादेखि म्याग्दीको रुम जोड्न नौ मिटर चौडा भइसकेपछि कालोपत्र गरिनेछ । पहिलो वर्ष १२ किमी भए पनि आगामी वर्ष दोब्बर खण्ड कालोपत्र गर्ने गरी दाताको खोजी भइरहेको शर्माले जानकारी दिए । रिजालचोकदेखि ताराखोलाको सीपसम्म ४० किमी, गलकोटदेखि ताराखोला जोड्ने झण्डै १५ किमी खण्ड पर्छ ।


प्रकाशित : चैत्र १०, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?